कंगोमा वर्षाले १७५ भन्दा बढीको मृत्यु
कंगो । कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ । वर्षाबाट देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू तहसनहस भएका छन् । अल जजीराले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै सो बारे उल्लेख गरेको छ ।
दक्षिण किभुको प्रान्तीय कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबारको मुसलधारे वर्षाले प्रान्तको एउटा नदीमा पानी मात्रा बढेको छ र त्यसले गर्दा बुसुका गाउँहरूमा ठूलो क जनधनको क्षति भएको छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्बिरहरूले मौसम सफा भइसकेको देखाएको छ । मध्य–अफ्रिकी देशका अधिकांश भागमा भारी वर्षाका कारण व्यापक विनाश भएको छ। यसै बीच दक्षिण किभुमा पहिरो र बाढीका घटनाहरू बढेका छन् ।
दक्षिण किभुका गभर्नर थियो नग्वाबिदजे कासीले १७६ जनाको ज्यान गएको जानकारी दिदै केही व्यक्तिहरू अझै हराइरहेको बताएका छन् । हालैको बाढीले कङ्गोमा विभिन्न सशस्त्र समूहहरू बीचको दशकौंदेखिको द्वन्द्वले ल्याएको वर्तमान मानवीय अवस्थालाई थप दर्दनाक बनाएको छ।
हालैको संयुक्त राष्ट्रसंघको जनगणना अनुसार त्यहाँ कम्तिमा १२२ विद्रोही गुटहरू छन् भने विगत २५ वर्षभन्दा बढी समयदेखि लडिरहेका छन्।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया