कंगोमा वर्षाले १७५ भन्दा बढीको मृत्यु
कंगो । कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ । वर्षाबाट देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू तहसनहस भएका छन् । अल जजीराले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै सो बारे उल्लेख गरेको छ ।
दक्षिण किभुको प्रान्तीय कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबारको मुसलधारे वर्षाले प्रान्तको एउटा नदीमा पानी मात्रा बढेको छ र त्यसले गर्दा बुसुका गाउँहरूमा ठूलो क जनधनको क्षति भएको छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्बिरहरूले मौसम सफा भइसकेको देखाएको छ । मध्य–अफ्रिकी देशका अधिकांश भागमा भारी वर्षाका कारण व्यापक विनाश भएको छ। यसै बीच दक्षिण किभुमा पहिरो र बाढीका घटनाहरू बढेका छन् ।
दक्षिण किभुका गभर्नर थियो नग्वाबिदजे कासीले १७६ जनाको ज्यान गएको जानकारी दिदै केही व्यक्तिहरू अझै हराइरहेको बताएका छन् । हालैको बाढीले कङ्गोमा विभिन्न सशस्त्र समूहहरू बीचको दशकौंदेखिको द्वन्द्वले ल्याएको वर्तमान मानवीय अवस्थालाई थप दर्दनाक बनाएको छ।
हालैको संयुक्त राष्ट्रसंघको जनगणना अनुसार त्यहाँ कम्तिमा १२२ विद्रोही गुटहरू छन् भने विगत २५ वर्षभन्दा बढी समयदेखि लडिरहेका छन्।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया