NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

भ्रष्टचारी भनिएकोमा देउवापत्नी राणाकाे गुनासो : महिलाले प्रगति गरेको पुरुषले देख्न सकेन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवं सांसद आरजु राणामाथि प्रश्न उठेपछि त्यसको उनले जवाफ फर्काएकी छिन् ।

आइतबार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद्मै आफ्नो नाम जोडिएर विभिन्न प्रश्नहरू उठेकोमा आपत्ति जनाइन् । आफूले केही नबिराएको जिकिर गर्दै आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेकी छन् ।

‘यहाँ म नभएको दिनमा मलाई लक्षित गरेर अनेक प्रश्नहरू उठेका छन् । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सहृय हुँदैन रहेछ । अझै पनि नारीले पुरुषले भनेको ठाउँमा मात्रै बस्नुपर्ने, उनीहरुले भनेको मात्रै मान्नुपर्ने, महिला अलिकति पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई असहृय हुने परिस्थिति बनेको छ,’ प्रश्न गर्दै उनले भनिन्, ‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौँ भन्ने मेरो प्रश्न छ ।  त्यसकारण मैले केही बिराएको छैन, म डराउँदिन ।’ उनले सत्यतथ्यभन्दा बाहिर गएर केही नबोल्न चेतावनी दिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष