प्रि–बजेटमाथिको छलफल आजदेखि
काठमाडौं । संसदमा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथिको छलफल आजदेखि सुरु हुने भएको छ ।
संविधानमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगाडि प्रि–बजेटमाथि संसदमा छलफल गर्नुपर्ने व्यवस्था छ । सोही अनुरूप आइतबारदेखि सुरु हिउँदे (बजेट) अधिवेशनमा अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए ।
संसद् सचिवालयले बिहान ११ बजे बैठक आह्वान गरिएको र त्यसमा प्रि–बजेटमाथि छलफल हुने जनाएको छ ।
कार्यतालिकाअनुसार आगामी २६ गतेसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल हुनेछ । छलफल सकिएपछि वैशाख २७ गते अर्थमन्त्री महतले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनेछन् ।
अर्थमन्त्रीले संसदमा जवाफ प्रस्तुत गरेपछि सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र त्यसकै आधारमा आगामी जेठ १५ मा बजेट प्रस्तुत हुनेछ ।
सरकारले आगामी वर्षको बजेटमा आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया