NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

अमरेशकुमार सिंहले संसदमै खोले लुगा

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबार संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।

बैठक सुरू हुनासाथ उनले बोल्न आकस्मिक समय माग गरेका थिए । बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन् । सिंहले लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न आग्रह गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष