कृषि प्रधान मूलुकमा मल कारखाना छैन : चित्रबहादुर केशी
काठमाडाैं । सांसद् चित्रबहादुर केशीले कृषिप्रधान मूलुकमा मल कारखाना बनाउन नसकेको कुरालाई जोड दिएका छन् । सोमबार संसद भवनमा जारी प्रतिनिधिसभाको प्रि– बजेट छलफल बैठकमा उनले सो बताएका हुन् ।
उनले भने, ‘कृषिप्रधान देशमा मल कारखाना बनाउन सकेका छैनौँ । यस विषयमा संसद्मा धेरै चर्चा हुन्छ, कृषकलाई मल कारखानाको धेरै आश्वसान बाँड्छौै, तर व्यवहारमा लागू छैन ।’
वक्तव्यको क्रममा उनले ठूला ठूला लगानी उद्योग, कलकारखानामाभन्दा पनि अन्यत्र लगानी गर्दा देशको अर्थतन्त्र कमजोर बन्न पुगेको बताए । खेत बाँझो राखेर खाद्यान्न, फलफूलजस्ता वस्तु आयात गरेर खाने प्रवृत्ति नेपालमा भएको उनले औंल्याए । कृषि, उद्योग लथालिङ्ग छ, रेमिट्यान्सले मात्रै देश धान्न सकिन्छ ? उनले प्रश्न गरे ।
त्यस्तै उनले देशलाई संघियता घाँडो भएको बताएका छन् ।
ताजा अपडेट
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने
-
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी


प्रतिक्रिया