प्रधानमन्त्री भेट्न बालुवाटार किन पुगे ओली र देउवा ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाइ प्रोफइल’समेत तानिन थालेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको छलफल भएको छ ।
मंगलबार जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।
समसामायिक राजनीति, बजेट अधिवेशन, शरणार्थी प्रकरण लगायत विषयमा बैठक केन्द्रीत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्दामा कांग्रेस एमालेका प्रभावशाली नेता र तिनका परिवारसमेत मुछिएपछि यो मुद्दा पेचिलो बन्दै गएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया