नक्कली भुटानी शरणार्थी प्रकरण : जो हिरासतमा छन्
काठमाडौं । भुटानी शरणार्थी ठगी प्रकरणमा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरिसकेको छ । मंगलबार दुईजना पक्राउ परेका छन् । काठमाडौं टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ परेका हुन् ।
उनीहरू दुवै पैसा उठाउने बिचौलिया भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
यसअघि यो मुद्दामा आठजना पक्राउ परिसकेका छन् । जसमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप छन् । त्यस्तै, बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई छन् ।
पक्राउ पुर्जी भएका अझै नौजना फरार रहेको स्रोत बताउँछ । जसमा एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा नीरजसमेत छन् । अन्य सातजना बिचौलिया समूहसँग मिलेर पैसा उठाउनेहरू छन् । उनीहरूमध्ये केही विदेशमा रहेको प्रहरी स्रोत बताउँछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया