बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देउखुरी । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार बेलुका घोराही उपमहानगरपालिका–१४ आर्मी ब्यारेक नजिकै रा१ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का २१ वर्षका चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राजन गौतमले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
ताजा अपडेट
-
नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
-
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
प्रतिक्रिया