नेपाल प्रहरीका २२ डिएसपीको बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका २२ प्रहरी नायब उपरीक्षक (डिएसपी) को नाम प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
नेपाल प्रहरीको बढुवा समितिको शुक्रबार बसेको बैठकले २२ डिएसपीको बढुवा सिफारिस गरेको हो ।
सिफारिस हुनेमा गौतमकुमार केसी, वसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरीलगायत छन् ।
प्रतिक्रिया