एमाले स्थायी समिति बैठक सुरु, लगत्तै केन्द्रीय समितिको पनि बस्ने

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । केही दिनअघिदेखि केन्द्रीय समिति बैठक चलिरहेको सन्दर्भमा ललितपुरस्थित पार्टी कार्यालयमा स्थायी कमिटी बैठक सुरु भएको हो ।
नेकपा एमालेले ०८४ मा हुने निर्वाचनलाई लक्ष्य गरेर अघि बढ्ने तयारी गरेको छ । बैठकले त्यसैलाई लक्ष्य गरेर वार्षिक कार्यक्रम निर्माणतर्फ केन्द्रित हुने बताइएको छ ।
एमाले केन्द्रीय समिति बैठक पनि केही दिनदेखि जारी छ । शनिबारको स्थायी समिति बैठक सकिएपछि त्यसलाई पनि समापन गर्ने एमाले तयारी छ ।
प्रतिक्रिया