NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

याे घटना भएपछि म भागेँ : टाेपबहादुर

काठमाडौं ।  नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्नता देखिएका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । पक्राउ गरिएपछि रायमाझीलाई साँझ जिल्ला प्रहरी परिसर टेकुमा लगिएको थियो ।

जहाँ परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले उनलाई सोधे, ‘आउँछु भनेर किन भाग्नुभएको ?’ जवाफमा रायमाझीको जवाफ थियो, ‘आउँछु नै भन्ने थियो, छोरा पक्राउ परेपछि मन बिग्रियो, अनि भागेँ ।’

परिसरका एक अधिकृतका अनुसार रायमाझी हतास देखिएका छैनन् । पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि गत २० वैशाखमा आफैँ प्रहरीमा उपस्थित हुने बताएका रायमाझी भोलिपल्टदेखि फरार भएका थिए । उनलाई खोज्न प्रहरीले हैरानी व्यहोरेको थियो । २० वैशाखको बेलुका उनका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका थिए । आजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष