टर्कीको राष्ट्रपतीय चुनावमा एर्दोगानको लिड तर पार्टीको प्रदर्शन खराब
काठमाडौं । टर्कीमा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । गणनामा वर्तमान राष्ट्रपति रेसेप तैयप अर्दोनले अग्रता लिएका छन् ।
त्यहाँको सर्वोच्च निर्वाचन परिषद्ले राष्ट्रपतीय निर्वाचनको जारी मतगणनाको परिणाम सार्वजनिक गर्दै अर्दोआनले ४९.४९ प्रतिशत मत प्राप्त गरेको जनाएको छ । उनका प्रतिद्वन्द्वी कमल कल्चदारलु ४४.७९ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन् ।
निर्वाचन परिषद्का अनुसार राष्ट्रपति निर्वाचनमा ९१.९३ प्रतिशत मत गणना भइसकेको छ ।
राष्ट्रपति निर्वाचनमा अग्रता लिए पनि संसदीय सिटका लागि भएको निर्वाचनमा अर्दोआनको पार्टी एकेपीको प्रदर्शन कमजोर देखिएको छ । यो पार्टीले मात्रै ३५ प्रतिशत मत पाएको छ ।
आधिकारिक समाचार एजेन्सी एएका अनुसार यस निर्वाचनमा परेको ९६ प्रतिशत मतगणना भइसकेको छ ।
संसदको ६ सय सिटका लागि मतदान भएको थियो । सन् २००२ पछि यो पार्टीको सबैभन्दा खराब प्रदर्शन हो।
आजको नतिजापछि अर्दोनको पार्टीले २६७ सिट पाउने अनुमान गरिएको छ ।
यो पछिल्लो पटक सुरक्षित सिट भन्दा २८ कम हो । तर अन्य तीन दलसँगको गठबन्धनबाट अर्दोनको पार्टीले बहुमतका लागि आवश्यक ५६ सिट प्राप्त गर्न सक्नेछ ।
अर्थात् पार्टीले ३२३ सिट पाउन सक्छ । सन् २०१८ को निर्वाचनमा उनको दलले ३४४ सिटमा जित हासिल गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया