चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास
बेइजिङ । चीनले जासुसी गरेको आरोपमा ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
अमेरिकी पासपोर्ट धारक जोन शिङ्ग–वान लेउङ्गलाई जेल सजाय तोकिएपछि बेइजिङ र वासिङ्टनबीचको सम्बन्धलाई थप तनाव उत्पन्न हुने सम्भावना बढेको छ ।
चीनको पूर्वी सहर सुझोउस्थित एउटा अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हङकङका स्थायी बासिन्दा लेउङलाई जासुसीगरेको अभियोगमा दोषी ठहर गरिएको छ । उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको छ र आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको छ ।’
सन् २०२१ को अप्रिलमा सुझोउका अधिकारीहरूले ७८ वर्षीय लेउङविरुद्ध ‘कानुनी कदम चालेका’ विज्ञप्तिमा जनाइएको छ । पक्राउ पर्दा लेउङ कहाँ बस्दै आउनुभएको थियो भन्ने स्पष्ट भइसकेको छैन ।
बेइजिङस्थित अमेरिकी दूतावासका प्रवक्ताले सुझोउमा हालै एक अमेरिकी नागरिकलाई दोषी ठहर गर्दै सजाय सुनाइएको खबरबारे आफूहरू जानकार रहेको बताए । ‘विदेश मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही छैन । ’ विदेश मन्त्रालयका प्रवक्ताले भन, ‘गोपनीयताको विचारको कारण, हामीसँग थप टिप्पणी छैन ।’
अदालतको बयानले आरोपहरूको बारेमा थप विवरण दिएको छैन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार नियमित पत्रकार सम्मेलनमा यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरे।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया