मदन-आश्रित स्मृति फुटबल बुधबारदेखि
काठमाडौं । बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ ।
प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने छ । प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेता टोलीलाई तीन लाख, उपविजेतालाई दुई लाख र तेस्रो हुने टोलीलाई रु एक लाख पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । उनीहरुको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया