सत्ताबाहिर ओलीकाे गफ–समयक्रममा मदन भण्डारीको हत्याबारे सत्यतथ्य बाहिर आउनेछन्
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन महासचिव मदन भण्डारीको हत्यासम्बन्धमा समय आएपछि सत्यतथ्य सार्वजनिक गर्ने जिकिर गरेका छन् ।
मदन–आश्रितको ३० औं स्मृति दिवसमा बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनको कहाँ कसरी हत्या भएको थियो, त्यो सबैको समयक्रममा खोजी हुने जिकिर गरेका हुन् ।
केही समयअघि पुराना कांग्रेसका नेता उमेश गिरीले दिएको अन्तर्वार्ताको प्रशंग कोट्याउँदै ओलीले भने, ‘कहाँ र कसरी उहाँहरुको हत्या भएको थियो, त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तर्वार्ता दिनुभएको थियो केही अगाडि । त्यसमा उहाँले मदन भण्डारीको हत्या गर्ने काम मलाई जिम्मा दिन खोजिएको थियो तर, मैले जिम्मा लिन मानिनँ भनेर खुलस्त पार्नुभएको छ । फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर नामै तोक्नुभएको छ । यो सबैको समयक्रममा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’
३ जेठ, २०५० सालमा तत्कालीन एमालेका महासचिव रहेका भण्डारी र संगठनविभाग प्रमुख जीवराज आश्रितको चितवनकाे दासढुंगामा रहस्यमय दुर्घटनामा परि निधन भएको थियो । मदनको हत्या हो कि दुर्घटना हो भन्ने विषय अहिलेसम्म रहस्यमय छ ।
मदनको निधनपछि एमालेबाट तीन जना प्रधानमन्त्री भइसकेका छन् । उनकै धर्मपत्नी विद्यादेवी भण्डारी ७ वर्ष राष्ट्रपति भएर भर्खरै घर फर्केकी छिन् । २०७४ मा ओली दुई तिहाइका शक्तिशाली प्रधानमन्त्री रहेका ओलीले यसविषयमा कुनै प्रक्रियासमेत अघि बढाएका थिएनन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया