रिजालले सरकारबाट प्रत्येक वर्ष बुझ्थे १३ लाख भत्ता

काठमाडौं । भुटानी शरणार्थीको हक र अधिकारका लागि लामो समय संघर्ष गरेका ७६ वर्षीय टेकनाथ रिजालले नेपाल सरकारबाट दैनिक भरणपोषणका लागि भन्दै प्रत्येक वर्ष १३ लाख रुपैयाँ भत्ता बुझ्दै आएको पाइएको छ । त्यसबाहेक गाडी र सुरक्षागार्डको सुविधासमेत उनले पाएका थिए ।
झापाको बिर्तामोड बस्दै आएका उनले सरकारबाट १ असोज ०६१ बाट ‘ट्राभल डकुमेन्ट’ पनि पाएका थिए । ०६२–६३ को आन्दोलनपछि उनलाई नेपाल सरकारले उक्त सुविधा दिँदै आएको हो ।
भुटानमा छँदा उनी भुटान पिपुल्स पार्टीका अध्यक्ष बनेका थिए । भुटानको लामिडाँडाबाट चुनाव जितेर डेढ दशकसम्म भुटानमै सेवा गरेका थिए । उनले भारतको बनारसबाट संस्कृतमा आचार्य गरेका छन् । भुटानी नरेशलाई शिक्षा र भ्रष्टाचार नियन्त्रणमा सल्लाह र सहयोग गर्ने उनी मुख्य व्यक्ति मानिन्छन् ।
भुटानी शरणार्थीको सवालमा भुटानी राजाको विरोधमा उत्रिएका उनी सन् १९८९ मा नेपाल आएका थिए । त्यही वेला उनलाई तत्कालीन नेपाल सरकारले पक्राउ गरेर भुटानलाई जिम्मा लगाएको थियो । उनीविरुद्ध जन्मकैदको फैसला भएको थियो । १० वर्षको जेलजीवनपछि उनलाई भुटानी राजाले माफी दिएका थिए । त्यसपछि रिजाल नेपाल आएका थिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया