आफ्ना जनप्रनिधिबारे जपाले किन गर्दैछ जनमत संग्रह ?
काठमाडौं । जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरूले गरेको कामको सम्बन्धमा जनमत संग्रह गर्ने भएको छ ।
‘राईट टु रिकल’मा विश्वास गर्ने पार्टी भएका आफ्ना जनप्रतिनिधिले सन्तोषजनक काम गरे/नगरेको सम्बन्धमा जनमत संग्रह गर्न लागिएको हो ।
जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको समग्र कार्यमूल्याङ्कन गरी समय–समयमा सकारात्मक सुझाव दिएर जनताको हकमा काम गर्न अभिप्रेरित गर्ने, सचेत गराउने तर जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गएमा आवश्यक कारवाही गर्ने वा जनप्रतिनिधिलाई पार्टीले फिर्ता बोलाउने आइतबार अध्यक्ष डा. सीके राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
३० वैशाखसम्म जनमत पार्टीको सदस्य लिएका सदस्यहरूबाट साउन ६ गते सबै पालिकामा जनमत संग्रह गराउन लागिएको उल्लेख छ ।
ताजा अपडेट
-
नेपालमा रहेका वेष्ट इन्डिजका दुई खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
प्रतिक्रिया