आफ्ना जनप्रनिधिबारे जपाले किन गर्दैछ जनमत संग्रह ?
काठमाडौं । जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरूले गरेको कामको सम्बन्धमा जनमत संग्रह गर्ने भएको छ ।
‘राईट टु रिकल’मा विश्वास गर्ने पार्टी भएका आफ्ना जनप्रतिनिधिले सन्तोषजनक काम गरे/नगरेको सम्बन्धमा जनमत संग्रह गर्न लागिएको हो ।
जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको समग्र कार्यमूल्याङ्कन गरी समय–समयमा सकारात्मक सुझाव दिएर जनताको हकमा काम गर्न अभिप्रेरित गर्ने, सचेत गराउने तर जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गएमा आवश्यक कारवाही गर्ने वा जनप्रतिनिधिलाई पार्टीले फिर्ता बोलाउने आइतबार अध्यक्ष डा. सीके राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
३० वैशाखसम्म जनमत पार्टीको सदस्य लिएका सदस्यहरूबाट साउन ६ गते सबै पालिकामा जनमत संग्रह गराउन लागिएको उल्लेख छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया