लुम्बिनीमा को-को भए मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले दाेस्राे पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेस, जपा र जसपाबाट एक/एक गरी तीन जना मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री हुनेमा कांग्रेसका तर्फबाट राजु खनाल स्वास्थ्यमन्त्री, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री छन् ।
यसै गरी, नागरिक उन्मुक्ति र लोसपाबाट पनि एक एक जना विनाविभागीय मन्त्री पनि नियुक्त गरिएको छ । जसमा नागरिक उन्मुक्तिका तर्फबाट धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाबाट सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नवनयिुक्त मन्त्रीहरुको पद तथा शपथ ग्रहण साँझ ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ । वैशाख १५ गते मुख्यमन्त्रीकाे शपथ लिएका चाैधरीले ४ सदस्य मन्त्रिपरिषद् गठन गरेका थिए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया