लुम्बिनीमा को-को भए मन्त्री ?
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले दाेस्राे पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेस, जपा र जसपाबाट एक/एक गरी तीन जना मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री हुनेमा कांग्रेसका तर्फबाट राजु खनाल स्वास्थ्यमन्त्री, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री छन् ।
यसै गरी, नागरिक उन्मुक्ति र लोसपाबाट पनि एक एक जना विनाविभागीय मन्त्री पनि नियुक्त गरिएको छ । जसमा नागरिक उन्मुक्तिका तर्फबाट धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाबाट सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नवनयिुक्त मन्त्रीहरुको पद तथा शपथ ग्रहण साँझ ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ । वैशाख १५ गते मुख्यमन्त्रीकाे शपथ लिएका चाैधरीले ४ सदस्य मन्त्रिपरिषद् गठन गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया