नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन सकियो, प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गरेको छ ।
दुई महिना लामो अनुसन्धान पछि आज जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको हो ।
उक्त प्रकरणमा प्रहरीले कम्तीमा पनि ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको छ ।
करोडौं रकम असुलेर शरणार्थी बनाइ अमेरिका पठाउने गिरोहमा संलग्न केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केहीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट मुद्दा चलाउन सिफारिस गरिएको छ ।
हाल यस प्रकरणमा संलग्न रहेको आरोप लागेका १६ जना जिल्ला प्रहरी परिसर काठमाडौं र त्यस मातहतका इकाइको हिरासातमा छन् । अन्य १६ जनालाई प्रहरीले फरार सूचीमा राखेको छ ।
प्रहरी परिसर काठमाडौंमा अहिलेसम्म यो प्रकरणमा १०६जना पीडितले उजुरी दिएका छन् । उनीहरूबाट कम्तीमा २४ करोड ठगी भएको जनाइएको छ ।
प्रतिक्रिया