प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
राष्ट्रिय सभामार्फत उनले आज सदनमा उठेका प्रश्नको सामना गर्ने भएका हुन् ।
संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ । त्यस्तै प्रतिनिधिसभाको बैठक पनि विहान ११ बजे बस्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत ५ जेठमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसमाथि प्रतिनिधिसभामा पनि छलफल चलिरहेको छ ।
सत्तारुढ दलबाटै उक्त नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता भएका छन् भने प्रतिपक्ष एमालेले यसलाई परिमार्जन गर्न सुझाएको छ ।
प्रतिक्रिया