प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
राष्ट्रिय सभामार्फत उनले आज सदनमा उठेका प्रश्नको सामना गर्ने भएका हुन् ।
संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ । त्यस्तै प्रतिनिधिसभाको बैठक पनि विहान ११ बजे बस्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत ५ जेठमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसमाथि प्रतिनिधिसभामा पनि छलफल चलिरहेको छ ।
सत्तारुढ दलबाटै उक्त नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता भएका छन् भने प्रतिपक्ष एमालेले यसलाई परिमार्जन गर्न सुझाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया