सरकार गठन भएकाे ५ महिनामा प्रचण्ड सरकारले पायो पूर्णता
काठमाडौं । सरकार गठन भएको पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार जसपा दुई जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
मन्त्री हुनेमा वीरेन्द्रप्रसाद महतो रहेका छन् । उनलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
महतो सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् भने प्रमिला राष्ट्रियसभा सदस्य हुन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया