कुटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएकोमा सरकार प्रष्ट रहेको बताएका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सीमा समस्याका बाँकी काम सरकारले कुटनैतिक माध्यमबाट हल गर्ने प्रष्ट पारे ।
‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ’, उनले भने, ‘थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिबद्ध रहेको जानकारी पनि माननीय सदस्यहरुलाई गराउन चाहन्छु ।’
सोमबार विपक्षी दलका नेता केपी ओलीले कालापानी क्षेत्र लगायत सीमा समस्या समाधान गर्नका लागि भारतसँग कुरा गर्न सरकार डराइरहेको आरोप लगाएका थिए ।
प्रतिक्रिया