दलमा सक्रिय चार सहप्राध्यापकमाथि छानबिन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलमा सक्रिय त्रिभुवन विश्वविद्यालयका ४ सहप्राध्यापकमाथि कारबाहीका लागि छानबिन थालेको छ । कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका ३ जनासहित जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका सहप्राध्यापकमाथि आयोगले छानबिन थालेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सम्बन्धित दल, विश्वविद्यालय र कार्यरत क्याम्पसलाई स्पष्टीकरण सोधिएको जनाए ।
‘कानूनविपरीत सहप्राध्यापक राजनीतिक दलमा आबद्ध रहेको उजुरी प्राप्त भयो, छानबिन र कारबाहीका लागि स्पष्टीकरण पठाएका छौं,’ उनले थपे, जवाफ के आउँछ, त्यसपछि थप निर्णय हुन्छ ।’
कांग्रेसका शुभेच्छुक संस्था प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, उपाध्यक्ष कृष्णकान्त पराजुली, महासचिव राजेन्द्र गौतम र जसपाका केन्द्रीय सदस्य उमाशंकर प्रसाद छानबिनमा तानिएका हुन् ।
उजुरी र आयोले गरेको छानबिनमा संघमा आबद्ध ३ जना कांग्रेसको क्रियाशील सदस्य तथा ०७८ मा महाधिवेशन प्रतिनिधिमा चुनिएको भेटिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया