प्रधानमन्त्रीलाई रविको आरोप : शरणार्थी प्रकरणमा मुटु कमाए, सबैमाथि छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन गर्न विशेष समिति गठन गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको आकस्मिक बैठकमा बोल्दै रविले शरणार्थी प्रकरणमा अन्तर्राष्ट्रिय बेइज्यत हुँदासमेत आरोपीमाथि सरकारले छानविन गर्न मुटु कमाएको आरोप लगाए ।
‘सभामुख महोदय शरणार्थी प्रकरणमा उच्च तहका नेता, राज्यका प्राय सबै निकाय मुछिएका छन् । तर आरोपीमाथि अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई कसले रोक्यो ? गृहमन्त्रीले मुटु दह्रो बनाएर छानविन प्रक्रिया अगाडि बढाउँछु भन्नुहुन्थ्यो । प्रधानमन्त्री र गृहमन्त्रीको मुटु चेक गर्न कहाँ जाने ? अन्तर्राष्ट्रिय बेइज्यत हुँदासमेत दोषीलाई उन्मुक्ति दिन अँध्यारो कोठा तीन दलका नेताहरू बसेर छलफल गरेका छन् । छानविन गर्नका लागि विशेष संसदीय समिति गठन होस्’, सभामुखको ध्यानाकर्षण गराउँदै उनले भने ।
आफूमाथि लागेको आरोपलाई सघाउँछु भन्दाभन्दै पनि न्यूज रूमबाट प्रहरीले उठाएर लगेको स्मरण गराउँदै शरणार्थी प्रकरणमा मुछिएका सबैभाथि छानविन गर्न उनले माग गरे ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया