पाकिस्तान विष्फोट : चार जनाको मृत्यु, नौ घाइते
इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् ।
पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते भएका दुई जनालाई उद्धार गर्न मानिसहरू घटनास्थल पुग्ने बित्तिकै दूर नियन्त्रित उपकरणबाट दोस्रो विस्फोट गराउँदा दुई जना उद्धारकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दोस्रो विष्फोटमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरीले जनाएको छ भने आक्रमणमा संलग्नको खोजी भइरहेको छ । घाइते सबैलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
अहिलेसम्म कुनै व्यक्ति वा समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । यसैबीच, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको खैबर जिल्लामा रहेको एक प्रहरी चौकीमा शुक्रबार बिहान भएको विस्फोटमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।
घटनाको अनुसन्धान भइरहेको खैबर जिल्लाका प्रहरी अधिकृत सलीम अब्बासले बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया