निर्वाण चौधरीले दिए गोकुल बाँस्कोटालाई जवाफ
काठमाडौं । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले घुमाउरो शैलीमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि प्रहार गरेका छन् । उनले ट्वीटमार्फत बाँस्कोटा कसैको प्रभावमा परे सीजी टेलिकमको बारेमा अफवाह फैलाइरहेकोबारे स्पष्टीकरण दिन खोजेको देखिएको छ ।
चौधरीले सीजीलाई लाइसेन्स दिने क्याविनेटको निर्णयपछि बास्कोटा सीजी टेलिकम लञ्चको लागि बार्सिलोनासमेत धाएको प्रसंग जोडदै अहिले कसैको प्रभावमा बास्कोटा परेको कुरा उल्लेख गरेका छन् ।
बास्कोटाले सामाजिक सञ्जालमार्फत ग्रामीण दुरसञ्चार पूर्वाधार विकासका नाममा सीजी टेलिकमले सरकासँग लुटेको रकम फिर्ता गर्नुपर्ने कुरा बताएका थिए । उनले आफू सञ्चारमन्त्री भएको बेला सीजी टेलिकमले सरकारबाट लिएको अनुदान हिनामिना गरेको भन्दै प्रश्न उठाएका थिए ।
निर्देशक चौधरीले भने सीजी टेलिकमविरुद्ध बास्कोटाले अफवाह फैलाएको आरोप लगाउँदै आएका छन् ।
यस्तो छ उनको ट्वीट :
सीजीलाई लाईसेन्स दिने क्याविनेटको निर्णयपछि गोकुल बाँस्कोटा सीजी टेलिकम लन्चका लागि वार्सिलोना समेत धाउनु भाथ्यो त । पछि उहाँलाई कसले के गरेर प्रभाव पा¥यो कुन्नी त्यो पनि कुनै दिन खुल्दै जाला । उहाँ केबाट प्रभावित हुने गर्नु भएको छ भन्ने त दुनियाँलाई जगजाहेर नै छ नी ! pic.twitter.com/3SPhdY5mYc
— Nirvana Chaudhary (@BeingNirvana) March 23, 2022
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया