१५ प्रतिशत जनसंख्या गरिबीको रेखामूनि
काठमाडाैं । नेपालको कुल जनसंख्याको १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामूनि रहेको अनुमान गरेको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महत्तद्वारा पेश भएको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० मार्फत सो अनुमान गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८.७ प्रतिशत रहेको थियो ।
बहुआयामिक गरिबीको रेखामुनि १७.४ प्रतिशत जनसंख्या रहेको छ । जसममा बहुआयामिक गरिबी ग्रामीण भेगमा २८ प्रतिशत र शहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको छ ।
प्रदेशगतरूपमा बहुआयामिक गरिबीमा उच्च विषमता रहेको देखिन्छ। प्रदेशगत जनसङ्ख्यामध्ये बहुआयामिक गरिबी कर्णालीमा सबैभन्दा बढी ३९.५ प्रतिशत र बागमतीमा सबैभन्दा कम ७ प्रतिशत रहेको छ।
गरिबीको अवस्थामा रहेका वर्गको वास्तविक विवरण तयार गरी गरिबी र आय असमानता न्यूनीकरण गर्न गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण जस्ता विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया