अमेरिकामा भारतीय विद्यार्थीको हत्या
एजेन्सी । फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या भएको छ ।
भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान जुडे चाकोको गोली हानेर हत्या गरिएको खलीज टाइम्सले सोमबार जनाएको छ । कामबाट फर्किंदै गरेका उनलाई अज्ञात आक्रमणकारीले गोली हानेका थिए ।
मृतकका आमाबाबु केरेलाको कोल्लम जिल्लाबाट करिब ३० वर्षअघि अमेरिका आएका भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै खलीज टाइम्सले जनाएको छ । जुडेमाथि लुटपाटको प्रयास भएको तथा सोही क्रममा दुई जनाले आक्रमण गरेका थिए ।
यो वर्ष भारतीय मूलका विद्यार्थीलाई अमेरिकामा लक्षित गरी मारिएको यो दोस्रो घटना हो । यसअघि अप्रिल २१ मा आन्ध्र प्रदेशका २४ वर्षीय विद्यार्थीलाई ओहायोको पेट्रोल पम्पमा गोली प्रहार गरी हत्या गरिएको थियो । भारतीय मूलका साईश वीराको काममा गइरहेका बेला अज्ञात आक्रमणकारीले गोली हानेर मारेका प्रहरीले जनाएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया