एमालेको बैठक भइरहँदा किन भयो पत्रकारबीच कुटाकुट ?
काठमाडौं । आज मध्यान्ह बबरमहलस्थित कार्की ब्यांक्विटमा एमालेको केन्द्रीय कमिटीको बैठक जारी रहँदा बाहिर पत्रकारहरूबीच कुटाकुट भयो ।
समाचार संकलनमा गएका सञ्चारकर्मीहरू अनलाइन न्यूज पोर्टल ‘१२खरी’का फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापाबीच सार्वजनिक स्थलमै कुटाकुट भएको हो । दृश्य लिँदा क्यामरा राख्ने क्रममा विवाद भएपछि दुईबीच कुटाकुट भएको हो ।
दृश्य कैद गर्न गएका हरिश र श्यामबीच एक्कासी भिडन्त भएपछि हिमालय टिभीकै अर्का पत्रकार विनोद थापा छुट्याउन गए । तर उनीहरूलाई विनोदले छुट्याउन सकेनन् ।
अन्तिममा दुईजना प्रहरी आएपछि स्थिति सामान्य बन्यो । । हरिशले आफूलाई ‘पागल’ भनेकाले उनीमाथि जाइलागेको थापाले बताएका छन् ।
ताजा अपडेट
-
पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ
-
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
-
पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने
-
सबै स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने
प्रतिक्रिया