एमालेको बैठक भइरहँदा किन भयो पत्रकारबीच कुटाकुट ?
काठमाडौं । आज मध्यान्ह बबरमहलस्थित कार्की ब्यांक्विटमा एमालेको केन्द्रीय कमिटीको बैठक जारी रहँदा बाहिर पत्रकारहरूबीच कुटाकुट भयो ।
समाचार संकलनमा गएका सञ्चारकर्मीहरू अनलाइन न्यूज पोर्टल ‘१२खरी’का फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापाबीच सार्वजनिक स्थलमै कुटाकुट भएको हो । दृश्य लिँदा क्यामरा राख्ने क्रममा विवाद भएपछि दुईबीच कुटाकुट भएको हो ।
दृश्य कैद गर्न गएका हरिश र श्यामबीच एक्कासी भिडन्त भएपछि हिमालय टिभीकै अर्का पत्रकार विनोद थापा छुट्याउन गए । तर उनीहरूलाई विनोदले छुट्याउन सकेनन् ।
अन्तिममा दुईजना प्रहरी आएपछि स्थिति सामान्य बन्यो । । हरिशले आफूलाई ‘पागल’ भनेकाले उनीमाथि जाइलागेको थापाले बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया