एमाले बैठक चलिरहँदा कुटाकुट गर्ने पत्रकारबीच मिलापत्र
काठमाडौं । कुटाकुट गरेका पत्रकारहरूले मिलापत्र गरेका छन् । उनीहरूले गल्ती स्वीकार गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाएका छन् ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकको रिपोर्टिङ गर्न बबरमहलस्थित बैंक्विट पुगेका हिमालय टिभीका श्याम थापा र बाह्रखरी डटकमका हरिश क्षेत्रीबीच कुटाकुट भएको थियो ।
घटना बाहिरिएपछि राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र हिमालय टिभीका प्रशासन प्रमुख राजेश श्रेष्ठको मध्यस्थतामा दुवै पक्षलाई मिलाइएको हो ।
दुवै जनालाई बोलाएर गरिएको छलफलपछि उनीहरूले आफ्नो गल्ती स्वीकार गर्दै अब आइन्दा यस्तो नगर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया