युक्रेन युद्धः नौवटा मानवीय करिडोर खुला राख्न सहमति
काठमाडौं । युक्रेनका उपप्रधानमन्त्रीले किएभ र रुसबीच नौ वटा मानवीय करिडोर खोल्न सहमति भएको बताएकी छन् । यी करिडोरबाट युद्धमा फसेका नागरिकहरु सुरक्षित स्थानतर्फ जान सहज हुन्छ ।
उपप्रधानमन्त्री इरायना भेरेस्चुकले फेसबुकमा एक पोस्ट सेयर गर्दै किएभ, डोनेट्स्क, जापोरिझ्यिा र लुहान्स्कमा ती मार्गहरु खोलिने बताएकी हुन् । तर उनले मरिउपोलका कुनै पनि सुरक्षित मार्गबारे उल्लेख गरेकी छैनन ।
साथै युक्रेनको पूर्वी क्षेत्र लुहान्स्कका गर्भनरले युद्धमा फसेका मानिसहरुको उद्धारका लागि युद्धविराममा सहमति भएको बताएका छन् ।
सेरी हाइदाइले टेलिग्राममार्फत स्थानीय समयअनुसार बिहान ९ बजेदेखि युद्धविराम भएको बताएका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया