चीनमा दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स भेटियो
काठमाडौं । चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो ।
बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ सहरनजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् ।
विमान बेपत्ता हुनुमा मौसम सम्वन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया