NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यात्रुवाहक विमान दुर्घटनाः खोजी कार्य तीव्र

काठमाडौं । दक्षिण चीनको ग्वाङ्सी स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि खाेजी कार्य जारी रहेको छ ।

खाेजी कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको भए पनि जीवितै उद्धार गर्ने सम्भावना न्युन भएकाे चिनियाँ अधिकारीले बताएका छन् ।

दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजी कार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ ।

दक्षिण चीनको ग्वाङडोङ प्रान्तको राजधानी ग्वाङ्झाउमा रहेको ड्रोन उद्धार केन्द्र र विमानको गन्तव्यसमेत रहेका उद्धारकर्ता झू सियाओडोङले उक्त स्थानमा पुग्ने केही बाटोहरू मात्र भएकाले उद्धार कार्य गर्न कठिन भएको बताएका छन् ।

२९,१०० फिट उचाइमा उडिरहेको विमान अचानक खसेर आगलागी भएको थियो । दुर्घटना भएको विमानबाट जिवितै उद्धार गर्ने सम्भावना नभएको चाइना इस्टर्न एयरलाइन्सलाई उधृत गर्दै अलजजिराले उल्लेख गरेको छ ।

मंगलबार बिहान साढे ७ बजे घटनास्थलमा हल्का वर्षा भएको थियो । स्थानीय मौसम विभागले मंगलबारदेखि बिहीबारसम्म यस क्षेत्रमा थप वर्षा हुने अनुमान गरिएको छ । यसैकारण खोजी कार्यमा प्रतिकूल असर पार्न सक्ने बताइएको छ ।

कुनमिङबाट गुआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमबार दिउँसो २ः३८ बजे वुझाउ सहरको टेङ्क्सियान काउन्टीको मोलाङ गाउँनजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

चिनियाँ जहाज दुर्घटनामा सबै यात्रुको मृत्यु भएको आशंका