NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

राजा वीरेन्द्रले कोरेको एउटा दुर्लभ चित्र

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रवीरविक्रम शाहदेवको हत्या भएको आज २२ वर्ष पूरा भएको छ । ०५८ जेठ १९ गते आजकै दिन उनीसहित उनको सम्पूर्ण परिवारको हत्या भएको थियो ।

उदारवादी राजा वीरेन्द्र निकै लोकप्रिय थिए । उनी सधैं जनतालाई केन्द्रमा राखेर सोच्ने गर्थेँ । जनताकै चाहनाबमोजिम उनी पञ्चायती व्यवस्थालाई बिदा गरेर प्रजातन्त्र पुनस्र्थापना गर्न राजी भएका थिए ।

राजा वीरेन्द्रका विभिन्न सोखहरू थिए । कलामा उनको औधी रुचि थियो । उनी चित्रसमेत कोर्थे ।

स्वर्गीय राजा वीरेन्द्रले हिमालको एउटा आकर्षक तस्बिर बनाएका थिए । जुन उनले बनाएका दुर्लभ तस्बिरमध्ये एक मानिन्छ ।

रंग, क्यानभास र कुँचीको उचित संयोजनले तयार पारिएको हिमाल मुसुक्क हाँसेको छ ।