चरम आर्थिक संकटको चपेटामा पाकिस्तान, एसियाकै उच्च मुद्रास्फीति
काठमाडाैं । लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको हालत झन् खराब हुँदै गएको छ । पाकिस्तानको तथ्यांक ब्यूरोले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार, मे महिनामा वार्षिक आधारमा मुद्रास्फिति ३७.९७ प्रतिशतले बढेको छ । यसैबीच उक्त देशको विदेशी मुद्रा सञ्चिति लगभग रित्तिएको अवस्थामा पुगेको छ ।
इतिहासकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा राजनीतिक संकट चरम सीमामा छ । मुलुकको मुद्रास्फीति लगातार दोस्रो महिना एसियाकै उच्च रहेको छ । अप्रिलमा मुद्रास्फीति ३६.४ प्रतिशत रहेकोमा मे महिनामा थप बढेर ३८ प्रतिशत पुगेको हो ।
खाद्य वस्तुको मूल्य उच्च
पाकिस्तान ब्यूरो अफ स्ट्याटिस्टिक्स (पीबीएस) को तथ्याङ्कलाई हेर्दा मुद्रास्फीतिबाट सबैभन्दा बढी प्रभावित खाद्य वस्तुहरू, आलु, गहुँको पिठो, दूध, चिया, गहुँ, अण्डा र चामल रहेका छन् ।
गैर-खाद्य वस्तुको वर्गमा पुस्तक, स्टेशनरी, मोटर इन्धन, साबुन-डिटर्जेन्ट र सलाई मूल्य वार्षिक आधारमा उच्च वृद्धि भएको छ। यसबाहेक चुरोटको मूल्यमा पनि भारी वृद्धि भएको छ ।
त्यहाँ २० केजी आटाको मूल्य २४ सय रूपैयाँदेखि २९ सय रूपैयाँसम्म पुगेको छ । त्यस्तै दुध लिटरको १८०, चामल केजीकै २८६ रूपैयाँ छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया