सिद्धार्थ बैंकद्वारा सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न
काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ ।
देशका विभिन्न स्थानहरुमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुनःप्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ ।
सातै प्रदेशमा कुल ५८१ वटा विभिन्न प्रजातिका बिरुवाहरु रोप्नुका साथै विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाइ कार्यक्रम समेत आयोजना गरिएको बैंकले जनाएको छ ।
वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बैंकले बताएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया