ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
काठमाडाैं । नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ ।
टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने र त्यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने भन्दै ग्राहकलाई आश्वस्त हुन अनुरोध समेत गरेको छ ।
‘यही जेठ २२ मा एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ, कम्पनीका सेवा अत्यन्त भरपर्दा र सुरक्षित बनाइ ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ,’ टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल टेलिकमले राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकले झैँ कम्पनीले विवरण उपलब्ध गराउने समेत प्रष्ट पारेको छ ।
पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ता उल्लेख्यरुपमा बढिरहेको व्यहोरासमेत जानकारी गराइएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया