पोप फ्रान्सिसको आन्द्राको शल्यक्रिया
एजेन्सी । पोप फ्रान्सिस आन्द्राको शल्यक्रिया गरिने भएको छ । उनको ठूलो आन्द्रा साँघुरो भएकाले शल्यक्रिया गर्नुपरेको हो ।
सामान्य एनेस्थेसिया दिएर शल्यक्रिया गरिने चिकित्सकहरूले बताएका छन् । रोमको जेमेली अस्पतालमा उनको उपचार हुनेछ ।
भ्याटिकनका अनुसार शल्यक्रियापछि पनि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्नेछ । शल्यक्रियापछिका संभावित जटिलता तथा आधारभूत चिकित्साका निम्ति पनि उनी अस्पतालमा रहनुपर्नेछ ।
उपचारका क्रमममा पोप होसमा रहे पनि बेहोस भए पनि एक करोड ३० लाख क्याथोलिकहरू र उनीहरुका गिर्जाघरको जिम्मेवारीमा उनमा निहित रहन्छ । दुई वर्षअघि पनि उनले सोही अस्पतालमा उपचार गराएका थिए । पोप फ्रान्सिस ८६ वर्षका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया