तीन महिना सडक खन्न रोक, अटेरी गरे कारबाही हुने
काठमाडौं । असार १ गतेदेखि भदौसम्म तीन महिना सडक खन्न सरकारले रोक लगाएको छ ।
वर्षायाममा सडक खन्दा थप बिग्रने र त्यसक्रममा क्षति पुगेका पानी, बिजुली, टेलिफोनलगायत पूर्वाधार मर्मत गर्न विलम्ब हुने भएकाले सडक विभागले तीन महिना सडक खन्न प्रतिबन्ध लगाएको हो ।
विभागले एक सूचना जारी गरी संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजन मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिने उल्लेख गरेको छ ।
विभागको निर्देशनको बर्खिलापमा गई कसैले सडक खन्ने काम गरेमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही हुने चेतावनी विभागले दिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया