तीन महिना सडक खन्न रोक, अटेरी गरे कारबाही हुने

काठमाडौं । असार १ गतेदेखि भदौसम्म तीन महिना सडक खन्न सरकारले रोक लगाएको छ ।
वर्षायाममा सडक खन्दा थप बिग्रने र त्यसक्रममा क्षति पुगेका पानी, बिजुली, टेलिफोनलगायत पूर्वाधार मर्मत गर्न विलम्ब हुने भएकाले सडक विभागले तीन महिना सडक खन्न प्रतिबन्ध लगाएको हो ।
विभागले एक सूचना जारी गरी संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजन मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिने उल्लेख गरेको छ ।
विभागको निर्देशनको बर्खिलापमा गई कसैले सडक खन्ने काम गरेमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही हुने चेतावनी विभागले दिएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया