युद्धमा रुसका १५ हजार सैनिक मारिएः नेटो
काठमाडौं । नेटोका वरिष्ठ अधिकारीले न्युज एजेन्सी एपीसँग बताएअनुसार युक्रेनमा रुसी आक्रमणको एक महिनाको अवधिमा ७ हजारदेखि १५ हजारसम्म रुसी सैनिक मारिएका छन् ।
अधिकारीहरुले युद्धमा ३० हजारदेखि ४० हजारसम्म मारिएको वा घाइते हुन सक्ने दाबी गरेका छन् । रुसले २ मार्चदेखि अहिलेसम्म आक्रमणबाट कति मानवीय क्षति भयो भनेर कुनै आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन ।
युक्रेन पनि आफ्नो पक्षतिर भएको क्षतिबारे स्पष्ट छैन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब दुई साताअगाडि १ हजार ३ सय युक्रेनी सैनिक यस युद्धमा मारिएको बताएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया