संसदमा अर्थमन्त्रीको खोजी, १५ मिनेटको लागि बैठक स्थगित

काठमाडाैं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित किन भन्नेबारे संसद्मा प्रश्न उठेपछि बैठक १५ मिनेटको लागि स्थगित भएको छ । संसदमा रास्वपाका सांसद सुमाना श्रेष्ठले बैठकमा अर्थमन्त्री अनुपस्थितबारे प्रश्न गरेकी हुन् ।
प्रतिनिधि सभाको नियमालीअनुसार बैठकमा अर्थमन्त्रीकाे उपस्थित अनिवार्य हुनुपर्ने भएको उल्लेख गर्दै अनुपस्थितबारे प्रश्न उठाएकी हुन् ।
त्यसलगत्तै सभामूख देवराज घिमिरेले अर्थमन्त्रीक उपस्थिति भएपछि बैठक सुचारू हुने जानकारी दिँदै स्थगित गरेका छन् ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया