त्रिवि सुधारका लागि अनेरास्ववियुले बुझाएको ८ बुँदे सुझावमा के छ ?

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय सुधारका लागि ८ बुँदे सुझाव दिएको छ ।
आइतबार त्रिवि जिल्ला कमिटीले भिसी प्रा.डा. धर्मकान्त बास्कोटासमक्ष सुधारका लागि विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
ध्यानाकर्षणमा सेवाग्राहीले पाउने सुविधाहरू छिटोछरितो र विकेन्द्रीकरण गर्न माग गरेको छ । यसैगरी वार्षिक परिक्षा प्रणाली र सेमेस्टर प्रणालीबाट लिने परिक्षाको नतिजाको समयतालिकामा सुधार गर्न माग गरेको छ । त्रिवि सुधारका उल्लेखित मागहरूलाई बेवास्ता गरिएमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।
यस्तो छ त्रिवि सुधारका लागि ८ बुँदे ध्यानाकर्षण :
१. देशभरिका लाखौं विद्यार्थीहरूको भविष्यसँग जोडिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सेवाग्राहीले पाउने सेवाहरू लाई छिटोछरितो बनाउन भौचर प्रणाली, फारम भर्ने व्यवस्थालाई अनलाईनको व्यवस्था गरी पनिकालाई अत्याधसनिक प्रविधिसँग जोड्न, परीक्षा नियन्त्रण कार्यालयमा रिक्त रहेको कर्मचारी पदपूर्ति गर्न आवश्यक मात्रामा प्रविधिमा आधारित दक्ष जनशक्ति नियुक्त गर्ने व्यवस्था तत्काल कार्यान्वयनमा ल्याइयोस्। यसका साथै परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई विकेन्द्रिकरण गर्दै क्षेत्रीय परीक्षा कार्यालयलबाट नै उपलब्ध हुने व्यवस्था गरियोस ।
२. वार्षिक रूपमा सञ्चालन हुने सबै परीक्षाको नतिजा परीक्षा भएको मितिले ६० दिन भित्र र सेमेस्टर प्रणाली तर्फका परीक्षा सञ्चालन छ महिना भित्र र उक्त परीक्षाको नतिजा परीक्षा सकिएको मितिले १ महिना भित्र नै हुने गरी सम्बन्धित संकायका डिन कार्यालयलाई आफ्नो शैक्षिक क्यालेण्डर लागू गर्न निर्देशन सहित कार्यान्वयन गर्न लगाइयोस् ।
३. झण्डै १ वर्षसम्म त्रिवि सेवा आयोगमा पदाधिकारी नियुक्त गर्न सरकाले आलटाल गरिरहेका कारण त्रिभुवन विश्वविद्यालयमा हाल रहेका कर्मचारी तथा प्राध्यापकको सङ्ख्याले समग्र विश्वविद्यालय र यसका आंगिक क्याम्पसमा प्रशासनिक तथा शैक्षिक गतिविधि स्वःस्फुर्त रूपमा सञ्चालन गर्न कठिनाइ देखिइकाले कर्मचारी र प्राध्यापक नियुक्तिका लागि तत्काल त्रिवि, सेवा आयोगमा पदाधिकारी नियुक्ति गर्न सरकारलाई दबाब दिइयोस्। यसका साथै हाल त्रिवि सेवा आयोगले प्रयोग गरिरहेको भवन तत्काल खाली गरी छात्रावास प्रयोजनमा प्रयोग गरियोस् ।
४. अनेरास्ववियु त्रिवि जिल्ला कमिटी त्रिभुवन विश्वविद्यालयको परिसर भित्र शैक्षिक गतिविधिबाहेक अन्य व्यापार मूलक संस्थाका संरचना रहनु हुदैन भन्ने कुरामा दृढ छ, यसर्थ त्रिविको जग्गामा भौतिक संरचनाहरू निर्माण गरी नाफामूलक व्यवसाय सञ्चालन गरिरहेको ल्याब्रेटरी स्कुल, त्रिवि लायन्स क्लब टाटा सुमोको पार्किङ तथा पेट्रोल पम्पको संरचनाहरू तीन महिना भित्र हटाउन आवश्यक व्यवस्था गरियोस् र यसका लागि चाल्नु पर्ने हरेक कदम तत्काल अघि बढाइयोस् ।
५. यसका साथै गैर शैक्षिक संस्थाहरू संग त्रिविको जग्गा भाडामा दिने सम्बन्धमा भएका यस अधिका सबै सम्झौताहरू तत्काल खारेज गरियोस् ।
६. त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गामा सञ्चालन हुदै आएको वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरले वर्षोदेखि आफूले तिर्नु पर्ने बक्यौता रकम तिर्न बाँकी रहेको देखिएकोले पारदर्शी ढङ्गबाट उक्त बक्यौता रकम असुल उपर गर्न तत्काल पत्राचार गर्न आवश्यक कदम अगाडि बढाइयोस् ।
७. त्रिभुवन विश्वविद्यालयको परिसरमा नेपाल क्रिकेट संघ द्वारा सञ्चालित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण, आवश्यक मात्रामा लाइट जडान कार्य प्रारम्भ गर्न पहल संगै उक्त रंगशाला सकेसम्म त्रिवि स्वयमले सञ्चालन गर्ने गरी आफ्नै स्वामित्वमा ल्याइयोस।
८. त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज नर्सिङ क्याम्पसमा क्याम्पस प्रमुख प्रा. मुना रानाले स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरी आफूलाई लाभ पुर्याउने कार्य गरी हिमालयन बैंकको क्याम्पस प्रकाशन समितिको खाता नं ००२०५६९३६७००१३ बाट सोही बैंकको निजको व्यक्तिगत खाता न ००२००५६००८००१७ मा रु ११ लाख ७४ हजार रकम दाखिला गरी गैर कानूनी काम गरेको र संस्थानलाई हानी पुर्याउने कार्य गरेको हुँदा भ्रष्टाचार गरेको हुनाले यस कार्यको छानबिनका लागि चिकित्सा शास संस्थान, निको कार्यालयमा उजुरी गरेको भएतापनि उदासिनता देखाएको हुँदा भ्रष्टाचार कार्यमा संलग्नलाई यथाशिघ्र कानून बमोजिम कारबाही गरियोस् ।
प्रतिक्रिया