कृषि सामग्रीमा गरिएको भन्सार महसुल वृद्धि स्वदेशी उद्योग संरक्षणका लागि : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशमै उत्पादन हुने कृषि सामग्रीमा मात्रै महसुल वृद्धि गरिएको बताएका छन् ।
बजेटमा उठेका प्रश्नको संसद्मा जवाफ दिँदै डा. महतले भने, ‘कोदालो,बेल्चा,गैंती जस्ता फलामजन्य वस्तु तयार गर्न आवश्यक फलामको आयातमा ५ प्रतिशत भन्सार महसुल लाग्ने तर सो बाट तयारहुने वस्तुमा १ प्रतिशत मात्र महसुल लाग्ने व्यवस्थाका कारण यस्ता सामान्यवस्तु उत्पादन गर्ने स्वदेशी उद्योग आयातित वस्तु संग प्रतिस्पर्धा गर्न नसकि धरासायी भएको देखिएकाले स्वदेशी उद्योगको प्रवर्द्धधन र संरक्षणको लागी स्वदेशमै तयार हुने यस्ता सामान्य वस्तुमा लाग्ने भन्सार महसुल दर वृद्धि गरिएको हो।’
नेपालमा कृषि औजार कारखाना व्युताउन महाविर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रले मर्मत सम्भार गरिरहेको छ । निजी क्षेत्रबाट पनि यस्ता उद्योग सञ्चालनमा छन् । ती उद्योग संरक्षण गर्नको लागि सरकारले आयातित केही कृषि औजारमा महसुल वृद्धि गरेको डा. महतले स्पष्ट पारे ।
ताजा अपडेट
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
प्रतिक्रिया