कोकाहको पानी धरानमा, हर्षले रोए हर्क (भिडियोसहित)

काठमाडौं । कोकाह खोलाको पानी धरान ल्याउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई सफल भएका छन् ।
स्थानीयलगायतको श्रमदानमा मेयर राई खानेपानीको चर्को अभाव सामना गरिरहेको धरानमा कोकाहको पानी ल्याउन सफल भएका हुन् ।
चर्को खडेरीले धरानमा खानेपानी अभाव भएपछि राई कोकाहबाट जसरी पनि पानी ल्याउने भन्दै जुटेका थिए । उनले यहाँको पानी नल्याई धरान नै नफर्कंने वाचा गरेका थिए । सोमबार उनको योजनाले मूर्तरूप लिएपछि स्थानीयले उनीसँग खुसी साटेका थिए । त्यसक्रममा मेयर राई हर्षले भक्कानिएर रोए ।
काेकाह धरानबाट ४० किलाेमिटरकाे दूरीमा पर्छ । यहाँबाट पानी ल्याउन १०० दिनअघिबाट श्रमदान थालिएकाे थियाे ।
कोकाहको पानी धरान ल्याउन श्रमदानमा जुटेका एक श्रमदाताले १०० दिनको आफूहरूको मिहिनेतको फल प्राप्त भएको बताए । कोकाहको पानीले अहिले देखिएको खानेपानीको चर्को अभावलाई थोरै भए पनि राहत पुग्ने बताइएको छ ।
उचित व्यवस्थापन र स्रोत अभावमा धरानका नागरिकले वर्षौंदेखि खानेपानी समस्या झेल्दै आइरहेका छन् । गत स्थानीय तह निर्वाचनमा धरानको खानेपानी समस्यालाई आफ्नो मूल एजेण्डा बनाएर प्रतिस्पर्धामा उत्रिएका हर्कले निर्वाचित भएपश्चात यसलाई पूरा गर्न तत्कालीन र दीर्घकालीन योजनाका साथ काम गरिरहेका छन् ।
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया