नङ लामो बनाउन यी तेल प्रभावकारी

एजेन्सी । लामो नङ, त्यसमाथि नेल पेन्ट र आर्ट अधिकांश महिलाको इच्छा हो । नङ राम्रो हुँदा यसले हातको सौन्दर्य नै बढाउँछ र हात आकर्षक देखाउँछ ।
प्राय: महिला नङ राम्रो बनाउन नेल एक्स्टेन्सन समेत गर्छन् । तर नेल एक्स्टेन्सनले नङलाई राम्रो देखाए पनि हानि पुयाउँछ ।यसलाई हटाउन पनि गाह्रो हुन्छ । त्यसैले प्राकृतिक उपायले नङको स्याहार गर्नुपर्छ । यसले नङ वृद्धि हुनुसँगै बलियो पनि हुन्छ ।
ल्याभेन्डर तेल
नङ लामो बनाउन ल्याभेन्डर तेलको प्रयोग गर्न सकिन्छ । यसमा मोइस्चराइजिङ गुणहरू हुन्छन् जसले सुख्खा क्यूटिकललाई पोषण दिन्छ भने क्षतिग्रस्त र भाँचिएको नङसमेत मर्मत गर्छ ।
कागतीकाे तेल
कागतीकाे तेल नङ बलियो राख्न प्रभावकारी मानिन्छ । यसले नङलाई क्षति हुनबाट जोगाएर नङ पनि लामो बनाउँछ । यसमा एन्टिअक्सिडेन्टहरु प्रशस्त हुन्छन्, जसले नङलाई गहिरो रूपमा मोइस्चराइज गर्न सक्छन्।
रोजमेरी तेल
रोजमेरी तेलमा मोइस्चराइजिङ र एन्टी फंगल गुणहरू हुन्छन् । यी गुण नङको वृद्धिको लागि राम्रो मानिन्छ। यसले केबल नङमात्र वृद्धि नगरी नङमा चमक पनि बढाउँछ ।
ट्रिट्रि तेल
यसमा कन्डिसनिङ र एन्टिसेप्टिक गुणहरूको पाइन्छन् । यसले नङ वृद्दिसँगै नङ भाचिने समस्यालाइ पनि कम गर्छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया