नङ लामो बनाउन यी तेल प्रभावकारी
एजेन्सी । लामो नङ, त्यसमाथि नेल पेन्ट र आर्ट अधिकांश महिलाको इच्छा हो । नङ राम्रो हुँदा यसले हातको सौन्दर्य नै बढाउँछ र हात आकर्षक देखाउँछ ।
प्राय: महिला नङ राम्रो बनाउन नेल एक्स्टेन्सन समेत गर्छन् । तर नेल एक्स्टेन्सनले नङलाई राम्रो देखाए पनि हानि पुयाउँछ ।यसलाई हटाउन पनि गाह्रो हुन्छ । त्यसैले प्राकृतिक उपायले नङको स्याहार गर्नुपर्छ । यसले नङ वृद्धि हुनुसँगै बलियो पनि हुन्छ ।
ल्याभेन्डर तेल
नङ लामो बनाउन ल्याभेन्डर तेलको प्रयोग गर्न सकिन्छ । यसमा मोइस्चराइजिङ गुणहरू हुन्छन् जसले सुख्खा क्यूटिकललाई पोषण दिन्छ भने क्षतिग्रस्त र भाँचिएको नङसमेत मर्मत गर्छ ।
कागतीकाे तेल
कागतीकाे तेल नङ बलियो राख्न प्रभावकारी मानिन्छ । यसले नङलाई क्षति हुनबाट जोगाएर नङ पनि लामो बनाउँछ । यसमा एन्टिअक्सिडेन्टहरु प्रशस्त हुन्छन्, जसले नङलाई गहिरो रूपमा मोइस्चराइज गर्न सक्छन्।
रोजमेरी तेल
रोजमेरी तेलमा मोइस्चराइजिङ र एन्टी फंगल गुणहरू हुन्छन् । यी गुण नङको वृद्धिको लागि राम्रो मानिन्छ। यसले केबल नङमात्र वृद्धि नगरी नङमा चमक पनि बढाउँछ ।
ट्रिट्रि तेल
यसमा कन्डिसनिङ र एन्टिसेप्टिक गुणहरूको पाइन्छन् । यसले नङ वृद्दिसँगै नङ भाचिने समस्यालाइ पनि कम गर्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया