सरकार छाड्न तयार छु तर भ्रष्टाचारविरूद्ध सम्झौता गर्दिनँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै हालतमा सम्झौता नगर्ने बरू सरकार छाड्ने अभिव्यक्ति दोहोर्याएका छन् ।
बुधबार बिहान माओवादी केन्द्रनिकट पत्रकारहरूको संस्था प्रेस सेन्टरको प्रतिनिधिमण्डले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले भ्रष्टाचारकाविरूद्ध संघर्ष गर्ने तर सम्झौता नगर्ने बताएका हुन्।
‘भ्रष्टाचारकाविरूद्ध सरकारले कडा कदम चाल्दै गएको छ । तपाईंहरू ढुक्क हुनुहोस्, बरू सरकार गए जान्छ कहीँ कतै नरम हुने वा यताउति हुने छैन’, उनले भने ।
सरकारले गरेको राम्रा कामको प्रचार हुन नसक्दा संसदमा विपक्षी दल हाबी भएको गुनासो उनले पोखे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया