नबिल बैंकले माग्यो एकैपटक ठूलो संख्यामा कर्मचारी

काठमाडाैं । नबिल बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एक सय जना कर्मचारी माग गरेको हो ।
कम्पनीले ट्रेनी असिस्टेन्टमा ५० जना र जुनियर टेलरमा ५० जना कर्मचारी मागेको छ ।
ट्रेनी असिस्टेन्टको हकमा कम्तीमा एक वर्ष ट्रेनिङ गरेको, कम्तीमा सेकेण्ड डिभिजनमा ब्याचलर डिग्री उर्तीर्ण गरेको २५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ ।
जुनियर टेलरको लागि कम्तीमा सेकेण्ड डिभिजनमा १२ पास उर्तीर्ण हुनुपर्ने छ । उमेरको हकमा २३ वर्ष ननाघेको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित नबिल बैंकको बेवसाइटमार्फत असार १३ गते भित्र आवेदन दिन सकिनेछ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया