NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त

काठमाडौं । सिंदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सचिव बैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टले अर्यालको नियुक्ति भएको पुष्टि गरे ।

आज विहान ९ः३०मा बस्ने भनिएको उक्त बैठक ढिलोगरी सुरु भएको हो । भट्टका अनुसार बैठक जारी छ ।

अवकाशमा जानै लागेका डा अर्याललाई नियुक्त गरिएकाे हो । उनकाे कार्यकाल यही असार ३ गते सकिदैं थियो । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनी यसअघि सञ्चार सचिव थिए ।

अर्थका बलिया क्याडर मानिँदै आएका उनलाई बजेट निर्माणको समयमा अर्थ मन्त्रालय लगिनेसमेत चर्चा थियो । अर्यालले उद्योग वाणिज्य, राष्ट्रिय योजना आयोगलगायतमा रहेर काम गरिसकेका छन् ।

त्यस्तै, हाल मुख्यसचिव रहेका शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार नियुक्त गरेको छ।