बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त
काठमाडौं । सिंदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सचिव बैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टले अर्यालको नियुक्ति भएको पुष्टि गरे ।
आज विहान ९ः३०मा बस्ने भनिएको उक्त बैठक ढिलोगरी सुरु भएको हो । भट्टका अनुसार बैठक जारी छ ।
अवकाशमा जानै लागेका डा अर्याललाई नियुक्त गरिएकाे हो । उनकाे कार्यकाल यही असार ३ गते सकिदैं थियो । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनी यसअघि सञ्चार सचिव थिए ।
अर्थका बलिया क्याडर मानिँदै आएका उनलाई बजेट निर्माणको समयमा अर्थ मन्त्रालय लगिनेसमेत चर्चा थियो । अर्यालले उद्योग वाणिज्य, राष्ट्रिय योजना आयोगलगायतमा रहेर काम गरिसकेका छन् ।
त्यस्तै, हाल मुख्यसचिव रहेका शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार नियुक्त गरेको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया